नियम ८१
मुनाफालाई पूँजीमा परिणत गर्ने
(१) कर्पोरेशनले समितिको सिफारिसमा साधारण सभाद्वारा देहाय बमोजिम निर्णय गर्न सक्नेछः–
(क) तत्काल कर्पोरेशनका रिजर्भ खातामा वा लाभ र हानिको खातामा चढाएको वा वितरणको निमित्त उपलब्ध भएको रकमको कुनै अंश पूँजीमा परिणत गर्न वाञ्छनीय भन्ने, र
(ख) खण्ड (क) मा लेखिए बमोजिमको रकम समान अनुपातका लाभांशमा वितरण गरिएमा सो पाउने भएका शेयरहोल्डरहरूमा उपनियम (२) मा लेखिएको तरिकामा वितरणको निमित्त खुला गरिदिनु भन्ने ।
(२) उपनियम (१) को खण्ड (ख) मा लेखिएको रकम नगदमा भुक्तानी गरिने छैन ।
तर सम्बन्धित शेयरहोल्डरले लिई राखेको ऋणपत्रको तत्काल चुक्ती हुन बाँकी रहेको रकम चुक्ता गर्नमा लगाइनेछ ।
(३) कर्र्पोरेशनबाट पास भएको प्रस्तावलाई समितिले कार्यान्वित गर्नु पर्छ ।